बालेनले माघ ६ अगावै मेयर पदबाट राजीनामा दिनुपर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
बालेनले माघ ६ अगावै मेयर पदबाट राजीनामा दिनुपर्ने

काठमाडौं, १३ पुस। रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । 

सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे  निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ । 

तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो । 

उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस