सुनसरी नाकाबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

सुनसरी, १३ पुस। देवानग‍न्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए । प्रहरीले उक्त झोला खानतलास गर्दा लागुऔषध भेटिएको थियो ।

फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस