धनुषामा मोटरसाइकल दुर्घटना, सर्लाहीका एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • ४ पटक पढिएको
धनुषामा मोटरसाइकल दुर्घटना, सर्लाहीका एक युवकको मृत्यु

धनुषा, १३ पुस। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका – १४ स्थित बाबा पेट्रोल पम्प नजिकको सडकमा शनिबार राति ज ७ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर्वा नगरपालिका – १ निवासी २२ वर्षीय धिरेन्द्र कुमार यादवको मृत्यु भएको हो।

दुर्घटनामा परि उनि गम्भीर घाइते भएका थिए, त्यसपछि घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धि अनुसन्धान भइरहेको र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस