उपेन्द्रसँग एकतामा अशोक राईमाथि दबाब, नमाने रेणु–प्रदीप समूह विद्रोहको तयारीमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
उपेन्द्रसँग एकतामा अशोक राईमाथि दबाब, नमाने रेणु–प्रदीप समूह विद्रोहको तयारीमा

काठमाडौं, १४ पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकताको सहमति भएपछि जसपा नेपालका अध्यक्ष अशोक राई दबाबमा परेका छन् । राईलाई पनि एकताको निर्णय लिन सहअध्यक्ष रेणु यादव र पूर्वमन्त्री समेत रहेका नेता प्रदीप यादव पक्षले दबाब सिर्जना गरेको हो ।

स्रोतले भन्यो, ‘अध्यक्ष अशोक राई एकताको लागि तयार नभए सहअध्यक्ष रेणु यादवको नेतृत्वमा बहुसंख्यक नेताहरुले विद्रोह गर्नेछन् ।’

आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच पार्टी एकताको सहमति भएको थियो ।

राई नेतृत्वको जसपा नेपालका नेता प्रदीप यादवले उपेन्द्र यादवसँग एकताका लागि छलफल चलाउँदै आएका छन् । उनले पनि एकताबारे पार्टीमा छलफल चलिरहेको स्वीकार गरे । ‘छलफल जारी छ, सायद आज नै केही नयाँ निर्णय सुन्न पाउनुहुन्छ,’ यादवले संक्षिप्त कुरा गर्दै भने ।

जसपाका नेता राजकिशोर यादवले अनलाइनखबरसँगको कुराकानीमा पनि रेणु यादवको नेतृत्वमा जसपा नेपालको टोली एकता प्रक्रियामा आउन लागेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस