मदिरा नखान सुझाएकी सासूको ज्वाइँद्वारा हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
मदिरा नखान सुझाएकी सासूको ज्वाइँद्वारा हत्या

विराटनगर, १४ पुस। इटहरीमा छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरीस्थित छोरी–ज्वाइँको घर आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो ।

हत्या आरोपमा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।

दुई सन्तानका बुबा र सवारी चालक ज्वाइँलाई मदिरा सेवन नगर्न भनेर सासूले सम्झाउन खोज्दा हत्या गरेको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

डिएसपी खड्काका अनुसार उपचारका लागि इटहरी आएकी बयलकोटी सोमबार घर फर्कने तयारीमा थिइन् । उनी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् । उनी पुग्दा ज्वाइँ मदिराले मातेका थिए ।

त्यसपछि पबीमायाले ज्वाइँलाई रक्सी नखान भन्दै सम्झाएकी थिइन् । सुरुमा सासूले सम्झाउँदा सुनिरहेका उनले पछि ट्युबेलको ह्याण्डलले टाउकोमा प्रहार गरेका थिए । सासूमाथि आक्रमण गरी भाग्दै गर्दा इटहरीबाटै उनलाई पक्राउ गरेको डिएसपी खड्काले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस