
काठमाडौं, १४ पुस। पूर्वगृहमन्त्री रमेश लेखक बयानका लागि जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगमा पुगेका छन्। सिंहदरबारस्थित आयोगमा उनको बयान हुनेछ।
२३ भदौमा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनमा प्रहरी दमन हुँदा उनी गृहमन्त्री थिए। आन्दोलनमा दमन हुँदा बानेश्वर क्षेत्रमा गोली लागेर १७ जनाले ज्यान गुमाएका थिए। सो घटनाको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुखलगायतसँग बयान लिइसकेको छ। लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको छ।
