दुबईमा लुकेका फरार अभियुक्त पक्राउ गरी नेपाल ल्याइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
दुबईमा लुकेका फरार अभियुक्त पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं, १४ पुस। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ, बागलुङ नगरपालिका– २, श्रीनगर घर भएका जावेद अनवर दीन संयुक्त अरब इमिरेट्स (युएइई)मा  पक्राउ परेका छन् । एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने–गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको  प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। 

सो मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।  

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
 

ताजा अपडेट

खोजी गर्नुहोस