नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ

काठमाडौं, १४ पुस। जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् ।

चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । उनी जबरजस्ती करणी मुद्दामा २०७५ पुस २७ गतेदेखि नख्खुमा कैद भुक्तान गरिरहेका थिए ।

उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । जिल्लामा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस