
झापा, १४ पुस। झापामा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब अढाइ बजे झापाको झापा गाउँपालिका–२ सडकबारी बस्ने दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश कडेल घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए।
घटनापछि गम्भीर घाइते अवस्थामा रहेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो। तर उपचारकै क्रममा आइतबार दिउँसो अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक बालकको शव सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
