कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं, १४ पुस। कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइने भएकी थिइन् ।

उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । उपचारकै क्रममा ९:५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस