गोली चलाउन आदेश दिएको आरोप निराधार : रमेश लेखक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
गोली चलाउन आदेश दिएको आरोप निराधार : रमेश लेखक

काठमाडौं, १४ पुस। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।

आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन,’ लेखकले भने । उनले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको जिकिर गरे ।

‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ,’ लेखकले भने ।

उनले थप प्रश्न गर्दै भनेका छन्, ‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस