२ थान पेस्तोल बरामद, बाफलबाट ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
२ थान पेस्तोल बरामद, बाफलबाट ३ जना पक्राउ

 काठमाडौं, १४ पुस। नागार्जुन नगरपालिका–४ बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने ३२ वर्षीय झिल्के भनिने विकाश शाही, मोरङको लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राई छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, त्यसको तीन् थान म्याग्जिन र २ राउन्ड गोली र २ थान खोका बरामद भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस