कुलमानमाथि प्रश्न उठाउँदै एमाले महासचिव पोख्रेल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
कुलमानमाथि प्रश्न उठाउँदै एमाले महासचिव पोख्रेल

काठमाडौं, १५ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् ।

घिसिङलाई रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएको २४ घण्टा नबित्दै उनले प्रश्न उठाएका हुन् ।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’ एमाले महासचिव पोखरेलले फेसबुकमा प्रश्न गरेका छन् ।

मन्त्री घिसिङ र रास्वपाबीच सोमबार सहमति भएको थियो । सहमतिपत्रमा उनको नाम पहिलो वरियताको उपसभापतिको हैसियतामा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस