ट्याटु हाउसमा युवक मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
ट्याटु हाउसमा युवक मृत अवस्थामा फेला

 धनगढी, १५ पुस। कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत फेला परेका छन् ।

स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले चौधरी सटरभित्र मृत अवस्थामा फेला परेको बताए ।

उनी झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने डीएसपी सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस