पर्यटक र सर्वसाधारणलाई दुःख दिएको आरोपमा १२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
पर्यटक र सर्वसाधारणलाई दुःख दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं, १५ पुस। पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ परेका छन् ।

चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारण मानिसहरूलाई बलजफती तरिकाले विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दु:ख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटका अमृत खड्का, पर्साका अकलेश साह, पर्साकै दिनेश पटेल, काभ्रेका सुजन तामाङ, रोल्पाका प्रवीण ओली, काभ्रेका रोजन तामाङ, कन्चनपुरका जितेन्द्र सिंह विक, धनकुटाका रोशनी राई, झापाका तिर्थ राजवंशी, उदयपुरकी रचना मगर, सुर्खेतकी जेनिशा थापा र झापाकी संगिता तामाङ छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस