भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौँ, १५ पुस। प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीबाट १४ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४१ वर्षीय गोपाल बहादुर बलको डेरामा जुवा खेल्दै गरेकाहरु पक्राउ परेका हुन् । 

जुवा खालबाट १ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । सोमबार साँझ पक्राउ पर्नेमा जुवाखाल सञ्चालन गर्ने गोपाल बहादुर बल, सिन्धुली घर भएका रेसम कुँवर, सिताराम जोगी, ओम बहादुर जोगी, राम बहादुर जोगी, जित बहादुर जोगी, रामेछापको खाँडादेवी घर भएका दीपक श्रेष्ठ, रामेछापको दोरम्बा गाउँपालिका घर भएका विजय तामाङ र मनकाजी मोक्तान छन् ।

प्रहरीले रामेछापको सुनापति गाउँपालिका घर भएका राज बहादुर लामा, खाँडादेवी गाउँपालिका घर भएका गणेश बिक, सिन्धुपाल्चोक घर भएका वाङ्गेल लामा, काभ्रे घर भएका बसमान तामाङ र बाँके घर भएका पप्पु चौधरी छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस