रास्वपाको समानुपातिक बन्दसूचीमा गण्डकीका १० जना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
रास्वपाको समानुपातिक बन्दसूचीमा गण्डकीका १० जना

नवलपरासी, १५ पुस। प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका ११ जिल्लाबाट १० जना समेटेको छ ।

रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा रुपक विक घिमिरे र किशोर गन्धर्व, गाेरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ । तनहुँबाट ३ जना र कास्कीबाट २ जना परेका छन् ।

गण्डकी प्रदेशमा रास्वपाको बलियो संगठन भएको मानिने पूर्वी नवलपरासीबाट भने समानुपातिक सूचीमा कोही अटाएका छैनन्।

ताजा अपडेट

खोजी गर्नुहोस