राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १६, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा

काठमाडौं, १६ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) एकता घोषणा भएको छ।

बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरे। २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए।

चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस