बिहार उद्धार: ७ नेपाली बालबालिका सुरक्षित रूपमा अभिभावकको जिम्मा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १६, बुधबार (१ महिना अघि)
  • १  पटक पढिएको
बिहार उद्धार: ७ नेपाली बालबालिका सुरक्षित रूपमा अभिभावकको जिम्मा

जनकपुरधाम, १६ पुस। भारतको बिहार राज्यका विभिन्न स्थानबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले अभिभावकको जिम्मा लगाइएको छ। उद्धारपछि आज आयोजित एक कार्यक्रमका बीच बालबालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो।

विभिन्न बहानामा भारत पुर्‍याइएका, घरबाट भागेका वा अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरूलाई भारतीय सुरक्षा निकाय, स्थानीय प्रशासन, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लामो समयदेखि क्रियाशील संस्था के.आई.एन. इण्डिया तथा नेपाल प्रहरीको संयुक्त पहल र समन्वयमा उद्धार गरिएको थियो।

बिहार राज्यका विभिन्न शहरहरूबाट उद्धार गरिएका ती बालबालिकालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याइएको र आज औपचारिक कार्यक्रममार्फत अभिभावकलाई जिम्मा लगाइएको जनाइएको छ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालबालिकाको सुरक्षा, संरक्षण तथा पुनर्मिलनमा सीमा पार सहकार्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता घटनाको न्यूनीकरणका लागि सबै पक्ष सचेत र सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

उद्धार तथा पुनर्मिलन कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधि, सुरक्षा अधिकारीहरू तथा बालअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस