कपडा बैंकको सहयोगमा वीरगञ्जका कुकुरलाई न्यानो कपडा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १६, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
कपडा बैंकको सहयोगमा वीरगञ्जका कुकुरलाई न्यानो कपडा

वीरगञ्ज, १६ पुस। वीरगञ्ज कपडा बैंकले सुमार्ग बिन्दु आमा प्रतिष्ठानको सहयोगमा आज वीरगञ्जको जेलचौकस्थित खोरमा रहेका सामुदायिक कुकुरहरूका लागि सेवा–सहयोग गरेको छ। बढ्दो चिसोलाई मध्यनजर गर्दै कुकुरहरू बस्ने स्थानमा पराल बिछ्याई कपडाबाट बनाइएका चकटी (सानो बिस्तरा) ओछ्याइएको हो।

पछिल्ला केही दिनदेखि वीरगञ्जमा अत्यधिक चिसो बढेपछि बाहिर रहेका जनावर, विशेषगरी सामुदायिक कुकुरहरू प्रभावित भइरहेका छन्। सोही अवस्थालाई ध्यानमा राख्दै मानवीय संवेदनशीलता र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको वीरगञ्ज कपडा बैंकले जनाएको छ।

कपडा बैंकमा संकलन भएका प्रयोग गर्न नसकिने रद्दी तथा खराब कपडालाई पुनः प्रयोग गरी २×२ फिटका आठ थान चकटी तयार गरी वितरण गरिएको कपडा बैंकले जानकारी दिएको छ। यस पहलले चिसो मौसममा सामुदायिक कुकुरहरूलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।

वीरगञ्ज कपडा बैंकले आगामी दिनहरूमा पनि मानवसँगै पशु–पक्षीप्रति करुणा र सहकार्यको भावना बोकेर यस्ता सेवामूलक गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस