१० किलो गाँजा सहित दुई जना युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १६, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
१० किलो गाँजा सहित दुई जना युवक पक्राउ

रौतहट, १६ पुस। भारतीय सीमासँग जोडिएको बाराको सिम्रौनगढ नगरक्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजा सहित दुई जना युवकलाई पक्राउ गरेका छन् ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार, नियमित चेकिंगमा रहेका प्रहरीले मंगलवार राति सबा ८ बजेको समयमा वडा नम्वर ३ ब्रह्मस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गदर्खा बाइकमा सवार पचरौता नगरपालिका–३ रामनगर टोल निवासी ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेललाई १० किलो गाँजा सहित पक्राउ गरेका हुन् ।

गाँजा, मोटरसाइकलसहित चालक कुशवाहा र पछाडि सवार पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस