आफ्नै बन्दुकको गोली लाग्दा रोल्पामा एक जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
आफ्नै बन्दुकको गोली लाग्दा रोल्पामा एक जना घाइते

रोल्पा, १८ पुस। रोल्पाको परिवर्तन गाउँपालिका–५ त्रिवेणीमा पसल सञ्चालन गर्दै आएका एक व्यक्ति आफैंलाई गोली हानी घाइते भएका छन् । ३६ वर्षिय दिलकुमार डाँगीले बिहीबार राति भरुवा बन्दुक प्रयोग गरी आफ्नो दाहिने कुमको भागमा गोली हानेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाअघि डाँगीकी श्रीमती जमुना वलीले आफ्ना श्रीमानले भरुवा बन्दुक देखाउँदै “मारिदिन्छु” भनी धम्की दिएको बताउँदै घरबाट भागी टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट पुत्लाचौरमा खबर गरेकी थिइन् । सूचनापछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली पसलको माथिल्लो तल्लामा रहेको सुत्ने कोठामा पुग्दा डाँगी आफैले गोली हानेको अवस्थामा फेला परेका थिए। घटनास्थल नजिकै भरुवा बन्दुक थान–१ बरामद गरिएको छ।

घाइते डाँगीको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पाँच जनाको प्रहरी टोली परिचालन गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस