विशेष महाधिवेशन माग गर्दै कांग्रेस पक्षधरको पत्रकार सम्मेलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
विशेष महाधिवेशन माग गर्दै कांग्रेस पक्षधरको पत्रकार सम्मेलन

काठमाडौं, १८ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेलगत्तै उक्त समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।

विशेष महाधिवेशन पक्षधर समूहले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयमा मा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वयले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका थिए ।

उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन गर्ने तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।

विशेष महाधिवेशनका लागि हल बुक गरेर महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरिएपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस