ललितपुरमा सडक दुर्घटना: टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
ललितपुरमा सडक दुर्घटना: टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, १८ पुस। ललितपुरको थसिखेलमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहिबार राति साढे ९ बजेतिर एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

बा.४ ख १४७० नम्बरको टिप्परको ठक्कर दिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो । चिकित्सकले सिलवाललाई मृत घोषणा गरेका हुन् ।

टिप्पर चालक सिन्धुलीको मरिण गाउँपालिका–६ घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस