कांग्रेस महाधिवेशनका लागि विश्वप्रकाशका ३ प्रस्ताव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कांग्रेस महाधिवेशनका लागि विश्वप्रकाशका ३ प्रस्ताव

काठमाडौँ, १८ पुस। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् । शुक्रबार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव गरेका हुन् ।

‘पहिलो, केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न सकिन्छ,’ उनले केन्द्रीय सदस्यहरूलाई भने, ‘दोस्रो – केन्द्रीय समितिले नै बोलाउने  र यसलाई नीति महाधिवेशन रुपमा गरेर संकल्प महाधिवेशनमा रुपान्तरण गर्ने । यी दुवै भएनन् भने तेस्रो विकल्प हो विधानअनुसार, अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने ।’

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । महामन्त्रीहरू विशेषको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापन समूहका नेता भने फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि त्यसअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस