
काठमाडौँ, १८ पुस। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अनुगमन गरेकी छिन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनीको क्षतिबारे भण्डारीले शुक्रबार सर्वोच्चमा पुगेर अवलोकन गरेकी हुन् ।
यसअघि उनले सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।
