समानुपातिक निर्वाचन: सूची बुझाएका दलको चिह्न मात्र मतपत्रमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
समानुपातिक निर्वाचन: सूची बुझाएका दलको चिह्न मात्र मतपत्रमा

काठमाडौँ, १८ पुस। निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ ।

विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए ।

समानुपातिक तर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् ।

यसरी यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस