रौतहटमा एक वृद्धको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा एक वृद्धको शव फेला

रौतहट १९ पुस । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ मा आज बिहान एक वृद्ध पुरुषको शव फेला परेको छ, जसले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार पूर्व–पश्चिम राजमार्गबाट करिब ३० देखि ४० मिटर दक्षिणतर्फ पर्ने भित्री सडक छेउमा आज बिहान करिब ७ः४५ बजे अन्दाजी ६०–७० वर्ष उमेरका एक पुरुष मृत अवस्थामा भेटिएका हुन् । शव देखेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई सूचना दिएका थिए । सूचनापछि प्रहरी निरीक्षक रूपेश झाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक जाँच गर्दा मृतकको अनुहारमा गम्भीर चोट देखिएको जनाएको छ ।

मृतक थारु समुदायका व्यक्ति भएको अनुमान गरिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का उठाइसकेको र मृत्युको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस