एमालेको कैलाली–४ उम्मेदवारमा लेखराज भट्ट एकल सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
एमालेको कैलाली–४ उम्मेदवारमा लेखराज भट्ट एकल सिफारिस

धनगढी, १९ पुस। नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ ।

शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरसमा सम्पन्न ११औँ राष्ट्रिय महाघिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपमहासचिवमा निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि एमालेमै बसेका भट्ट यसअघि कैलाली–४ बाट नेकपा माओवादी केन्द्र उम्मेदवार बनेका थिए । नेकपाकालमा भने उनी यो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका बिरबहादुर बलायरसँग पराजीत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस