बारामा प्रहरीको लापरबाही ? सईको पेस्तोल हरायो, १२ प्रहरी तानिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
बारामा प्रहरीको लापरबाही ? सईको पेस्तोल हरायो, १२ प्रहरी तानिए

बारा,१९ पुस। बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल हराएपछि मधेस प्रदेश प्रहरीमा तरङ्ग मच्चिएको छ। इलाका प्रहरी कार्यालय कबहीका प्रमुखसमेत रहेका प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको पेस्तोल रहस्यमय रूपमा हराएपछि घटनाको छानबिन तीव्र पारिएको हो।

घटनापछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई अनुसन्धानका लागि प्रदेश कार्यालयमा तानेको छ। सो स्थानमा नयाँ प्रहरी टोली खटाइएको छ।

घटना गत पुस ११ गतेको भएको र सई मिश्रले राति गस्तीका क्रममा हतियार हराएको बताएका छन्। तर घटनाबारे दिएको बयान अस्पष्ट देखिएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेष रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

छानबिन समितिले सबै प्रहरीलाई अलग–अलग राखेर सोधपुछ सुरु गरेको जनाएको छ। सीमा क्षेत्रमा तस्कर समूहको संलग्नता हुन सक्ने आशङ्कामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा दोषी देखिए जोसुकै भए पनि कडा विभागीय तथा कानुनी कारबाही गर्ने तयारी गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस