गगन–विश्वले विशेष महाधिवेशनबारे कानुनविद्सँग परामर्श गरे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
गगन–विश्वले विशेष महाधिवेशनबारे कानुनविद्सँग परामर्श गरे

काठमाडौं, १९ पुस। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे कानुनविदहरूसँग परामर्श गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले बहुमतबाट १५ औं महाधिवेशनको कार्यतालिका पछाडि धकेलेको एक दिनपछि महामन्त्रीद्वयले कानुनविद्हरूसँग विशेष महाधिवेशनबारे परामर्श गरेका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले २९ असोजमा विशेष महाधिवेशनको माग राखेर केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । कांग्रेसको विधानमा हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

२८ पुसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको तीन महिना पूरा हुँदैछ । तर, पार्टी नेतृत्व विधानबमोजिम विशेष महाधिवेशन बोलाउन इच्छुक देखिएको छैन ।

महामन्त्रीद्वयले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पार्टी केन्द्रका तर्फबाट आफैं आह्वान गर्ने उद्घोष गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस