लागुऔषध खैरो हेराइनसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
लागुऔषध खैरो हेराइनसहित दुई जना पक्राउ

काठमाडौं, २० पुस। प्रहरीले खैरो हेराइनसहित काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएर चाबहिल बस्ने ३२ वर्षीय विशाल राई र सुनसरीको कोशी गाउँपालिका–२ घर भएका २४ वर्षीय दयानन्द यादव छन् ।

चाबहिलस्थित एक गेस्ट हाउसबाट पक्राउ परेका आरोपीहरूको साथबाट ३५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  बिहीबार गेस्ट हाउसमा खैरो हेरोइन डिल गर्दै गरेको अवस्थामा भेटिएका उनीहरूको साथबाट प्रहरीले डिजिटल तराजु पनि बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस