ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुरको गैँडाकोटमा आज बिहान ट्रकको ठक्करबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी गैँडाकोट– ५ निवासी अन्दाजी ८२ वर्षीय पुरुष यमनाथ पौडेलकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट– ५ बुद्धमार्ग चोकमा ग.१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री पौडेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा उनको उपचारको क्रममा बिहान ८ बजेतिर मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस