
काठमाडौँ, २० पुस। काठमाडौँको कपनबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। गत पुस १७ गते बिहान साढे ११ बजे कपन क्षेत्रबाट बा.प्र. ०२–०४३ प ६१३६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरी वृत्त बौद्धमा निवेदन परेको थियो ।
सोही निवेदनका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पुस १९ गते बिहान ११ बजे काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरस्थित सडक किनारबाट मोटरसाइकलसहित अभियुक्तलाई फेला पारेको हो ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका वडा नं. ३ घर भई हाल ललितपुर बस्ने २६ वर्षीय जीवन लामिछाने रहेका छन्। उनलाई चोरीको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामिछानेमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
