रुपन्देही नाउपाका अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिँदै, रास्वपामा जाने तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रुपन्देही नाउपाका अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिँदै, रास्वपामा जाने तयारी

रुपन्देही, २० पुस। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना सामूहिक राजीनामा दिएर रास्वपा जाने तयारीमा लागेका छन् ।

जिल्ला अध्यक्ष तुल्सी थारुले पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिइएको जनाएका छन् ।

कार्यकर्ताको भावना र जनताको चाहना विपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको र पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले जानकारी दिए ।

सोमबार नै नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने उनको भनाइ छ ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस