केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु

काठमाडौँ, २० पुस। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृह मन्त्रालयमा सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो।

बैठकमा मुख्यतया पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका सामाजिक तथा धार्मिक प्रकृतिका घटनाक्रमहरूको समीक्षा भइरहेको छ।

बैठकले देशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिको आङ्कलन गर्नुका साथै आगामी सुरक्षा रणनीति तय गर्ने बताइएको छ। बैठकमा गृहमन्त्रीसहित गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस