रौतहट प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रौतहट प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित महिला पक्राउ

रौतहट, २१ पुस। रौतहट जिल्लाबाट स्रोत नखुलेको नेपाली दुई लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। भारतको सितामढी जिल्ला बैरगनिया घर बताउने अन्दाजी ४५ वर्षीया रामकली देवीलाई आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलका अनुसार गौर नगरपालिका–१ स्थित भन्सार ब्यारेकगेट अगाडि भन्सार सुरक्षा गार्ड रौतहटबाट प्रहरी हबल्दार बुधराम महतोको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको बैरगनियाबाट नेपालतर्फ पैदल आउँदै गरेकी देवीलाई शङ्काको आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनको साथबाट नेपाली दुई लाख ५० हजार दुई सय रुपैयाँ तथा भारतीय एक सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकमको स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कंडेलले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस