वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

वीरगञ्ज, २१ पुस। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज पुस २१ गते  दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको जनाएको छ । निषेधाज्ञा लागू भएको क्षेत्रको चार किल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ । चार किल्ला तोकिएको क्षेत्र वीरगञ्जको केन्द्रीय तथा व्यस्त भागमा पर्छ ।

आदेशको उल्लङ्घन गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

विगत दुई दिनदेखि वीरगञ्जमा सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गतिविधिहरू बढेका सन्दर्भमा निषेधाज्ञा आदेश जारी भएको अनुमान गरिएको छ ।

प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ। स्थिति सामान्य नभएसम्म यो निषेधाज्ञा कायम रहने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस