हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

विराटनगर, २३ पुस। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ।’

उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए । उनी एमाले जसपा गठबन्धनबाट विजयी भएका थिए ।

आसन्न निर्वाचनमा एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी,  पूर्वप्रतिनिधि सभा सदस्य जयकुमार राई , टिका माङ्लेनलगायतको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि उमेश थापासहित आठ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिणा गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस