सुर्खेतमा जडीबुटी बरामदमा एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
सुर्खेतमा जडीबुटी बरामदमा एकजना पक्राउ

सुर्खेत, २३ पुस। सुर्खेतको लेकबेशी नगरपालिका–८ मा ठुलो परिमाणमा जडीबुटी बरामद गरिएको छ। मंगलबार राति करिब ८ बजे आरनटुडास्थित एक घरबाट करिब ७ टिप्पर परिमाणको गुर्जो गानो जडीबुटी डिभिजन वन कार्यालय सुर्खेतको टोलीले नियन्त्रणमा लिएको हो।

उक्त जडीबुटी अवैध रूपमा संकलन तथा भण्डारण गरिएको आशंकामा ६५ वर्षीय वीर सिंह नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

बरामद गरिएको जडीबुटीलाई वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित सशस्त्र वन सुरक्षा पोस्ट काक्रेबिहारमा सुरक्षित रूपमा राखिएको छ।

घटनाबारे जानकारी दिँदै डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख राधाकृष्ण दासले ठुलो परिमाणमा जडीबुटी बरामद भएकाले विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस