रौतहटमा कुकुरको आतंक: एकै दिन ५० जना टोकाइमा परे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा कुकुरको आतंक: एकै दिन ५० जना टोकाइमा परे

रौतहट, २३ पुस । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा बुधवार ५० जना कुकुरको टोकाईबाट घाइते भएका छन् ।

कुकुरको टोकाईबाट घाइते भएका मध्ये २७ जनालाई प्रादेशिक अस्पताल गौरमा रबिज भ्याक्सिन दिइएको छ भने पाँच जनालाई वीरगञ्ज रेफर गरिएको गौर अस्पतालले जनाएका हुन् ।

अस्पतालमा कुकुरको टोकाईबाट घाइते भएका ३२ जना उपचारको लागि आउदा २७ जनालाई रबिज विरुद्धको इन्जेक्सन दिइएको र गम्भीर घाइते पाँच जनालाई थप उपचारको लागि वीरगञ्ज तर्फ रेफर गरिएको प्रादेशिक अस्पताल गौरका सूचना अधिकारी कपिलदेव झाले बताए ।

आज बिहान गढीमाई नगरपालिका– १, ४, ६ र ८ नम्वर वडामा बसोवास गर्ने मासिनहरुमाथि एक्कासि भुसयाहा कुकुरको आक्रमण गर्दा ५० जना घाइते भए । कुकुरको टोकाइबाट खास गरेर बालबालिका, महिला तथा वृद्धवृद्धा घाइते भएको बताइएको छ ।

गढीमाईको उक्त वडाहरुमा आफन्तको घर आएका फतुवा विजयपुर  तथा राजपुर नगरपालिकाका केही नागरिकहरु घाइते भएको बुझिएको छ ।

अस्पतालका सूचना अधिकारी झाका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्था माथि निरन्तर निगरानी राखिएको छ भने आवश्यक औषधि, रेबिज विरुद्धको खोप तथा चिकित्सकीय सेवा पर्याप्त मात्रामा उपलब्ध गराइयो ।

कुकुरको टोकाईबाट अन्य घाइतेहरु उपचार गराउन भोली अस्पतालमा आउने बुझिएको उनले भने ।

यसैबीच, एक्कासि कुकुरको आक्रमण बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । बिहान–बेलुका आवतजावत गर्न समेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउन तथा वृद्धवृद्धालाई घरबाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको छ ।

स्थानीय बासिन्दाले कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित स्थानीय तह, प्रशासन र सरोकारवाला निकायसँग माग गरेका छन् । खुला रूपमा छाडिएका तथा आक्रामक कुकुरका कारण यस्तो अवस्था आएको भन्दै शीघ्र नियन्त्रणको सम्बध निकायले ध्यान पुर्याउनु नितान्त आवश्यक रहेको पिडितहरुले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस