आगलागिबाट मिर्जापुरमा डेढ लाख बराबरको सम्पत्ति नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २३, बुधबार (१ महिना अघि)
  • ४ पटक पढिएको
आगलागिबाट मिर्जापुरमा डेढ लाख बराबरको सम्पत्ति नष्ट

सर्लाही, २३ पुस । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुरमा बुधवार विहान गोठमा आगलागि हुँदा करिव डेढ लाखको क्षति भएका छ ।

बलरा नगरपालिका–६, मिर्जापुरमा आज बिहान २ बजेको समयमा नन्दलाल साहको फुसको गोठमा विद्युत सर्ट भएर आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल बराबरको क्षति भएको हो ।

सर्लाही प्रहरीका अनुसार, आगलागिबाट गोठसहित गोठभित्र रहेको अन्न, कपडालगायत सम्पूर्ण सरसामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा एक लाख ४६ हजार रुपियाँ बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।

आगलागिमा एउटा पाडो मरेको छ भने एक बाख्रा र एक भैँसी जलेर घाइते भएको बताइएको छ । आगलागि भएपछि तत्कालै घरधनी सहितका छिमेकीहरु आगो नियन्त्रणको प्रयास गर्दा भैसी र बाख्रालाई बचाउन सफल भएपनि अन्य जोगाउन सकिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस