काठमाडौं बस दुर्घटना : मृतकको संख्या ५ पुगेको, ३३ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौं बस दुर्घटना : मृतकको संख्या ५ पुगेको, ३३ जना घाइते

काठमाडौं, २४ पुस। काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि  मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।

यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बूढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो  ।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस