प्रहरीले बागलुङ र म्याग्दीका जङ्गलमा २२ थान भरुवा हतियार बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
प्रहरीले बागलुङ र म्याग्दीका जङ्गलमा २२ थान भरुवा हतियार बरामद

काठमाडौँ, २४ पुस। बागलुङ र म्याग्दीका विभिन्न सामुदायिक वन तथा जङ्गलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका २२ थान भरुवा बन्दुक बरामद गरेको छ। बागलुङको गलकोट नगरपालिका–१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट बुधबार बिहान ८ थान एकनाले भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले ती हतियार बरामद गरेको हो।

त्यसैगरी बागलुङकै तमानखोला गाउँपालिका–२ सिलगुमस्थित सिलगुम सामुदायिक वनबाट पनि ९ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। सोही इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले खोजी गर्ने क्रममा बुधबार दिउँसो ती हतियार फेला पारेको हो।

यता म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट जङ्गलमा लुकाइछिपाई राखिएको अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेको छ। इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ती हतियार नियन्त्रणमा लिएको हो। 

ठुलो संख्यामा अवैध हतियार जङ्गलमा फेला परेपछि प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस