जंगलमा एक युवकको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २४ पुस। दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।

जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले बताएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौंको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका–५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो ।

संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस