केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि कांग्रेसले आमन्त्रण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि कांग्रेसले आमन्त्रण

काठमाडौं, २४ पुस। नेपाली कांग्रेसले आजै बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहीबार  अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठक सानेपास्थित केन्द्रीय कार्यालय मा बस्नेछ।

आजै बिहान कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटका क्रममा नेता कोइरालाले विशेष महाधिवेशनलाई संकल्प सभामा परिणत गरेर भएपनि पार्टी एकता जोगाउनुपर्ने उनले सभापतिलाई आग्रह गरेका थिए। जवाफमा देउवाले यसबारे टिमका नेताहरूसँग छलफल गर्ने बताएका थिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि संयुक्त वक्तव्य जारी गरेका छन्। यता संस्थापन पक्ष भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस