प्रचण्डलाई कडा संदेशसहित पत्र लेखेपछि रहबरले पार्टीबाट राजीनामा दिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
प्रचण्डलाई कडा संदेशसहित पत्र लेखेपछि रहबरले पार्टीबाट राजीनामा दिए

काठमाडौं, २४ पुस। माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।

रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।

मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो निर्णय गरेका हुन् ।

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरू, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस