केन्द्रीय कमिटी बैठक आह्वान गर्दै एमाले, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
केन्द्रीय कमिटी बैठक आह्वान गर्दै एमाले, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

काठमाडौं, २५ पुस। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । 

सोही निर्णयअनुसार शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ । 

बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस