कोही मन्त्रीलाई दलप्रति ढल्कने अनुमति छैन : गृहमन्त्री

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कोही मन्त्रीलाई दलप्रति ढल्कने अनुमति छैन : गृहमन्त्री

काठमाडौं, २५ पुस। गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको दोहोर्‍याए । तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न उनको आग्रह छ ।

जेन-जी आन्दोलन सुशासन कायमका लागि भएको भन्दै अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन अर्यालको आग्रह छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने जोड दिए ।

एआई र सामाजिक सञ्जालबाट फैलाइनसक्ने भ्रम र असरबारे पनि उनले ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस