सामाजिक सञ्जालमा चुनावी दुरुपयोग रोक्न आयोगको अनुरोध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
सामाजिक सञ्जालमा चुनावी दुरुपयोग रोक्न आयोगको अनुरोध

काठमाडौं, २५ पुस। निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक सन्देश प्रवाहमा प्रोत्साहन गर्ने र नकारात्मक गतिविधिमा कडाइ गर्ने नीति लिएको जनाएको छ ।

आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ ।

उनीहरूले अघिल्ला निर्वाचनझैँ सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको र आवश्यक परे सम्झौता (एमओयु) गरेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ । समय मिलाएर सम्बन्धित प्लेटफर्मका प्रतिनिधि नेपाल आउने सहमति पनि भएको आयोगको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस